PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

क्यानको विशेष साधारणसभा बिहिवार



पहिलोपोस्ट

क्यानको विशेष साधारणसभा बिहिवार

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा बिहिबार र शुक्रबार काठमाडौंमा हुने भएको छ। आइसीसीको प्रतिनिधिको उपस्थितमा साधारण सभा हुने क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए। यद्यपि आइसीसीबाट उपस्थित हुने प्रतिनिधीको टुंगो भने लागेको छैन।

त्यस्तै क्यानको चूनावमा क्यानका सदस्यहरुले प्रत्यक्ष रुपमा उम्मेद्वार हुन र भोट हाल्न नपाउने व्यवस्था गरेको महासचिव प्याकुरेलले जानकारी दिए। त्यसैगरी क्यानको चूनावको लागि आइसीसीले मनिटरिङ कमिटी गठन गर्ने प्याकुरेलले बताए। भने, ' मनिटरिङ कमिटीमा आइसीसीको ३ क्यानको १ र राष्ट्ररिय खेलकुद परिषदको १ जना सदस्य रहनेछन्।'

अइसीसीले निलम्बन फूकुवा गर्न पहल गरे हदैँसम्मको लचकता अपनाउने प्याकुरेलले बताए। भने, 'हामी हदैसम्मको लचकता अपनाउन तयार छौँ। अइसीसीले हाम्रो निलम्बन फूकुवा गर्न पहल गर्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell