PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

आठौँ दक्षिण एसियाली जुडो च्याम्पियन आगामी शनिवारदेखि



पहिलोपोस्ट

आठौँ दक्षिण एसियाली जुडो च्याम्पियन आगामी शनिवारदेखि

काठमाडौं : आठौँ दक्षिण एसियाली जुडो च्याम्पियनसिप यही वैशाख ८ देखि १० गतेसम्म नेपालमा हुँदैछ। दक्षिण एसियाली जुडो संघको नियमित कार्यक्रम अन्तर्गत नेपाल जुडो संघले तेस्रो पटक दक्षिण एसियाली स्तरको च्याम्पियनसिप गर्न लागेको हो। यसअघि संघले सन् २००८ मा पाँचौ तथा २०१४ मा सातौँ च्याम्पियनसिप आयोजना गरेको थियो।

तीन दिन चल्ने च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका ६ देशका खेलाडीहरुको सहभागिता हुनेछ। माल्दिभ्सले भने च्याम्पियनसिप नखेल्ने नेपाल जुडो संघका अध्यक्षले बताए।

आयोजक नेपालबाट २ तथा अन्य दक्षिण एसियाका ५ राष्ट्रबाट १-१ गरी जम्मा ७ समूहका ५५ पुरुष तथा ४७ महिला खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्।

पुरुष र महिला एकलतर्फ ७-७ स्वर्ण, ७-७ रजत, १४-१४ कास्य तथा पुरुष र महिलान टिम इभेन्टमातर्फ समान १-१ स्वर्ण र रजत, २-२ कास्य गरी ६४ पदकको लागि १०२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

पुरुषतर्फ ६० केजी मुनी, ६६ केजी मुनी, ८२ केजी मुनी, ९० केजी मुनी, १०० केजी मुनी र १०० केजी माथि तथा महिलातर्फ ४८ केजी मुनी, ५२ केजी मुनी, ५७ केजी मुनी, ६३ केजी मुनी, ७० केजी मुनी, ७८ केजी मुनी र ७८ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

च्याम्पियन इन्टरनेशनल जुडो फेडेरेसनको नियम अनुसार पुरुष र महिला प्रतिस्पर्धा ४-४ मिनेटको समयमा खेलाइनेछ।

च्याम्पियनसिपमा लागि करिब ५० लाख खर्च लाग्ने र राखेपले २० लाख, अन्तर्राष्ट्रिय जुडो महासंघ र एसियाली जुडो महासंघलेल १०-१० लाख सहयोग गर्नेसंघले जनाएको छ।

दक्षिण एसियाली च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने र साफ गेम्सका लागि सबै तौल समूह्यमा स्वर्ड पदक जित्ने अनी एसियाली खेलकुदमा पनि पदक जित्ने लक्ष्यका साथ यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने संघले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell