PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

अपराधको आधार : महिला, मदिरा र मस्ती 



सविन ढकाल

अपराधको आधार : महिला, मदिरा र मस्ती 

काठमाडौं : वितेका दुई दिनमा युवती हत्याका दुई डरलाग्दा घटना सतहमा आए। दैनिक एक युवतीको हत्या हुनु समाज कुन दिशातिर जाँदैछ भन्ने देखाउन पर्याप्त छ। यस्ता हत्यासँग जोडिएका छन् – महिला, मदिरा र मस्ती।    

घटना नम्बर १

चैत २२ गते राति। टोखा नगरपालिका।

रिहाले होटेलमा पुग्नेबित्तिकै भर्जिन ब्रान्डको रक्सी मगाइन्। उनीसँगै होटेलको कोठामा पुगेका गोपालले बियर मगाए। दुई हजार रुपैयाँमा भएको 'डिल'अनुसार उनीहरु रुम सेयर गर्न पुगेका थिए।

गोपाल रक्सीको नशामै रिहासँग यौन प्यास मेटाउन चाहान्थे। उनले यसैको लागि रिहालाई २ हजार रुपैयाँ दिएर होटेलको कोठासम्म पुर्‍याएका थिए। रिहा रक्सीको नशामा चुर हुँदै गइन्। जब गोपालले उनीसँग शारीरिक सम्पर्कको लागि प्रस्ताव राखे। रिहा एकाएक आक्रोशित भइन्।

दुवैबीच विवाद सुरु भयो। अन्ततः मदिरा सँगै चढ्दै गएको विवादले हत्याको रूप लियो। गोपालले रिहाको घाँटी थिचेर हत्या गरे। 

घटना नम्बर २

वैशाख २ गते । राति ९ बजे। स्थानः टोखा नगरपालिका

उर्मिला विक र विजय तामाङ सुकुम्बासी बस्ती नजिकैको भट्टी पसलमा छिरे। केही समयको अन्तरालमा उनीहरूको भेट भएको थियो। 

सात महिनासम्म 'लिभिङ टुगेदर'मा रहेका थिए यी दुई। केही समय यता भने उर्मिलाले विजयको साथ छाडेकी थिइन्। अचानक भेटभएपछि उनीहरू नशामा लठ्ठिने मुडमा थिए। दुवैले लोकल रक्सी पिए र मातिए। त्यसपछि उनीहरू भट्टीबाट सँगै निस्किए। केही पर पुगेपछि विजयले उर्मिलासँग रात कटाउने निधो गरे। उनले आफ्नो कोठामा जान प्रस्ताव राखे। तर, उर्मिला विजयसँग जान तयार भइनन्। रक्सीले मातिएका दुईबीच विवाद सुरु भयो। विवादै विवादमा विजयले छेउमै रहेको ढुङगा उचालेर उर्मिलाको टाँउकोमा बजारे। उर्मिलाको ज्यान गयो। 

घटना नम्बर ३

फागुन ११ गते। स्थानः सुन्धरा गेष्ट हाउस

२४ वर्षीय अविवाहित शर्मिला राउत र विशाल खड्का ५ वर्षदेखि प्रेम सम्बन्धमा थिए। विशालको भने केही वर्ष अगाडि नै विवाह भइसकेको थियो। विशाल काठमाडौँको एक म्यानपावरमा काम गर्दै आएका थिए।

११ गते राति उनीहरू दुवै मदिराको नशामा चुर भएर सुन्धारामा रहेको एक गेष्ट हाउसमा पुगे। कोठा नम्बर १०४ मा शर्मिला र विशाल सुत्ने भए। बिहान उठ्दा शर्मिला कोठाको पङखामा झुन्डिएको अवस्थामा थिइन्। राति उनीहरू बीच नशाको सुरमा सामान्य विवाद भएको अनुसन्धानमा देखिएको छ। हत्या वा आत्महत्या भन्ने अझै खुलेको छैन।

प्रहरी र घटनामा संलग्नको एउटै बोली

राजधानीमा भएका अधिकांश हत्या घटनाहरू मदिरा, महिला र मस्तीकै कारण हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेल बताउँछन्। एसएपी पोखरेल भन्छन्, 'झन्डै ९० प्रतिशतभन्दा बढी घटनामा कतै न कतैबाट यी तीन कुरा जोडिएर आएका छन्। यी तीन कुरा अपराधका मुख्य कडी नै हुन्।' 

तीन कुरामा मानिसले होस् गुमाउने भएकाले के गर्दै छु भन्ने थाहा नपाएर घटना हुने गरेको पाइएको छ। घटनामा पक्राउ परेका अधिकांशले नशाको सुरुमा के गर्दैछु भन्ने थाहा नहुने बताएका छन्। 

उर्मिलाको हत्यामा पक्राउ परेका विजय तामाङ भन्छन्, 'रक्सीको नशाले लठ्ठ भएको थिए। के गर्दैछु भन्ने नै थाहा भएन। एक्कासी रिस उठ्यो। सानो ढुङगाले हाने जस्तो लाग्थ्यो, ठूलो परेछ। चालै पाइन।'

रिहा अधिकारीको हत्यामा प्रहरीले नियन्त्रणमा लिएका सल्यान घर भएका गोपाल शर्माले 'यौन सम्पर्क गर्ने सहमति भएको र रक्सी खाएपछि नमान्दा' झोकमा हत्या गरेको बताए। गोपालले भने, 'रक्सी र आवेगको सुरमा हत्या भयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell