PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

दयाहाङ राई र राजन खतिवडाको संयुक्त निर्देशनमा 'क्लब सेभेन'



पहिलोपोस्ट

दयाहाङ राई र राजन खतिवडाको संयुक्त निर्देशनमा 'क्लब सेभेन'

काठमाडौं: अभिनेता दयाहाङ राईको निर्देशन रहेको नयाँ नाटक मञ्चन हुँदैछ। नाट्यकर्मी राजन खतिवडासँगको संयुक्त निर्देशनमा नाटक 'क्लब सेभेन' शुरु हुन लागेको हो। दोहोरो चरित्रमा बाँच्न संघर्ष गर्न बाध्य मानिसको प्रतिनिधि पात्र नाटकमा देखाइन्‍छ।

नेपाली फिल्म क्षेत्रमा व्यस्त दयाहाङ राईले नाटक निर्देशनमा सक्रियता देखाएका छन्। उनले यसअघि 'झ्यालिञ्चा' निर्देशन गरेका थिए। नाटक बारे उनी भन्छन्,'आफ्नो उपस्थिति खोज्न मान्छे पुग्ने कृत्रिम ठाउँहरु मध्ये ब्यांकेट उपयुक्त स्थान बनेको छ। ब्यांकेटमा आफ्नो उपस्थिति खोज्न आउने बिसंगत चरित्रहरु नाटक क्लब सेभेनमा भेटिन्छन्।'

सोमनाथ खनाल र सिजन दाहालले लेखेको नाटक मण्डला थिएटरले वार्षिक रुपमा सञ्चालन गर्ने तीन महिने अभिनय प्रशिक्षणको छैंठौं संस्करणका प्रशिक्षार्थीहरुको अभिनय रहेको छ। इम्प्रोभाइजेशन भनिने आशुरचनाको विधि र परम्परागत नाट्यनिर्माणको विधिबीचमा रहेर नाटक तयार पारिएको लेखक सिजन दाहालले जानकारी दिए। भने,'यसमा कथा कम चरित्र बढी छन्।'

नाटकमा २७ कलाकार देखिने छन्। बैशाख ४ गतेदेखि २३ गतेसम्म मञ्चन हुने नाटक सोमबार बाहेक हरेक साँझ ५:३० मा शुरु हुनेछ। शनिबार १ बजे पनि अतिरिक्त सो रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell