PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

पिस सेलेब्रेसनका लागि 'टुर डे लुम्बिनी' साइकल र्‍याली



पहिलोपोस्ट

पिस सेलेब्रेसनका लागि 'टुर डे लुम्बिनी' साइकल र्‍याली

काठमाडौं : शान्ति र समृद्धि अभियानको उदेश्यसहित टुर डे लुम्बिनी पेडल फर पिस-२०१८ साइकल र्‍याली यही वैशाख १४ देखि १७ गतेसम्म हुने भएको छ।

बुद्ध जयन्तीको अवसर पारेर हुन लागेको बृहत साइकल र्‍याली काठमाडौंको स्वयम्भुस्थित भगवानपाउबाट सुरु भई १७ गते बिहान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर सकिने आयोजक टुर डे लुम्बिनीका उपाध्यक्ष मेघ आलेले बताए।

र्‍यालीमा नेपाल र विदेशका गरी १०० भन्दा बढी राइडरहरुले सहभागिता जनाउने आलले जानकारी दिए।

चार दिने बूहत साइकल र्यालीमा राइडरहरुले ३२५ किलोमिटर दुरी पुरा गर्नेछन्।

फ्रान्समा टुर डे फ्रान्यस आयोजना भए जस्तै नेपालमा पिस सेलेब्रेसनका लागि टुर डे लुम्बिनी बयोजना गर्न लागेको आयोजकले जनाएको छ। सन् २०१२ देखि नियमित रुपमा यस र्‍याली हुँदै आएको पनि आलेले बताए।

यस्तै सम्पदा साइकल (हेरिटेज राइड २०१८) यही वैशाख ८ गते काठमाडौंमा रहेको विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरुको क्षेत्रमा हुनेछ। ६५ किलोमिटर दुरी हुने यस राइडमा किरब ५०० सय राइडरको सहभागिता रहने बयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell