PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

जापान र अमेरिका पनि हुईंकदै 'कोहलपुर एक्सप्रेस'



पहिलोपोस्ट

जापान र अमेरिका पनि हुईंकदै 'कोहलपुर एक्सप्रेस'

काठमाडौं: फिल्म कोहलपुर एक्सप्रेस जापान र अमेरिका प्रदर्शनपनि तय भएको छ। निर्माता रहेकी केकी अधिकारीले दुई देशको थिएटरिकल राइट्स बिक्री बारे जानकारी दिएकी हुन्।

फिल्म अमेरिकामा बैशाख १४ (अप्रिल २७) रिलिज हुने भएकोझ छ। नेपालमा पनि सोही दिनबाट फिल्म प्रदर्शनमा आउँछ। कमेडी जनराको‘कोहलपुर एक्सप्रेस’लाई प्लानेट थ्री फिल्म्स, कोसेली इभेन्ट्स, नेप्सिन र फ्युजन इन्टरनेसनलले अमेरिका वितरणको जिम्मा लिएका छन्। अमेरिकाका डलास, बोस्टन, न्यू योर्क, सिकागो, बाल्टिमोर, भर्जिनिया, कोलम्बस लगायत दुई दर्जन बढी शहरमा फिल्म प्रदर्शन हुने बताइएको छ।

त्यस्तै फिल्म जापान प्रदर्शनको पनि मिति पक्का भएको छ। त्यहाँ फिल्मको पहिलो सो मे २७ तारिखमा नाकोना जिरो हल टोकियोमा लाग्दैछ। ॐ शान्ती इन्टरटेनमेन्टका इश्वर श्रेष्ठले जापान प्रदर्शनको जिम्मा लिएका हुन्। जापानका फुकुओका, नायोगा, ओसाका, सिजोका लगायत १२ शहरहरुमा प्रदर्शन हुने जानकारी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell