PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

सलमान खानलाई नेपाल आउने बाटो खुल्यो, अदालतले दियो विदेश भ्रमणको स्वीकृति



पहिलोपोस्ट

सलमान खानलाई नेपाल आउने बाटो खुल्यो, अदालतले दियो विदेश भ्रमणको स्वीकृति

नयाँ दिल्ली : धरौटीमा रिहा भएका बलिउड एक्टर सलमान खानलाई नेपाल भ्रमणको बाटो खुलेको छ। जोधपुर अदालतले खानलाई विदेश यात्राका लागि अनुमति दिएको हो। 

सलमान खानले विदेश यात्राका लागि जोधपुर जिल्ला प्रशासन र अदालतमा निवेदन दिएका थिए। मे २५ देखि जुलाई १० को बीचमा सलमान क्यानडा, नेपाल र अमेरिकाको यात्रा गर्दैछन्। 

सन् १९९८ मा फिल्म हम साथ साथ हैं को सुटिङका क्रममा गोली प्रहार गरी कृष्णसारको हत्या गरेको अभियोगमा सलमान खान दोषी ठहर भएका थिए। अदालतबाट दोषी ठहर भएलगत्तै उनी जेल परेका थिए। जोधपुर जेलमा दुई दिन विताएपछि उनलाई धरौटीमा रिहा गरिएको थियो। 

सलमान खान नेपालमा दब्याङ सोका लागि आउने कार्यक्रम छ। उनको सो सैनिक मञ्चअगाडिको टुँडिखेलमा हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell