PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

नेपाल 'युएन वुमन'को कार्यकारी बोर्डको सदस्यमा निर्वाचित



पहिलोपोस्ट

नेपाल 'युएन वुमन'को कार्यकारी बोर्डको सदस्यमा निर्वाचित

काठमाडौं : नेपाल संयुक्त राष्ट्र संघको लैंगिक समानता सशक्तिकरण सम्बन्धि बोर्ड (युन – वुमन)को कार्यकारी बोर्डको सदस्यमा निर्वाचित भएको छ। वर्ष २०१९–२०२१ का लागि नेपाल निर्वाचित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

सन् २०१० मा स्थापना भएको राष्ट्रसंघीय स्वायत्त संस्था युएन वुमनको कार्यकारी बोर्डमा नेपाल पहिलो पटक निर्वाचित भएको हो। 

नेपालसँगै एसिया प्रशान्त क्षेत्रबाट भारत,  बंगलादेश, मंगोलिया र साउदी अरेबिया पनि निर्वाचित भएका हुन्। बोर्डका कूल ४१ सदस्यमध्ये सन् २०१८ डिसेम्बर अन्तिममा कार्यकाल सकिने १७ देशको चयनका लागि भएको निर्वाचनमा नेपाल निर्वाचित भएको हो। 

एसिया प्रशान्त क्षेत्रबाट बोर्डमा प्रतिनिधित्व गर्ने देशमध्ये यस वर्षको अन्त्यमा पाकिस्तान, सामोआ, तुर्कमेनिस्तान र संयुक्त अरब इमिरेटको कार्यकाल सकिँदैछ। 

मंगलबार सम्पन्न आर्थिक तथा सामाजिक परिषदको निर्देशक तथा व्यवस्थापकीय बैठकमा ध्वनी मतका आधारमा नेपाल निर्वाचित भएको हो। 

त्यस्तै नेपाल विकासका लागि विज्ञान प्रविधि परिषद् (सीएसटीडी)को समेत सदस्यमा निर्वाचित भएको छ। वर्ष २०१९–२०२२ का लागि नेपाल निर्वाचित भएको हो। 

परिषदको सोही बैठकले नेपाललाई निर्वाचित गरेको हो। गोप्य मदानमा नेपालले कुल ५४ सदस्य राष्ट्र मध्ये सदर मत ५३ मा ५२ मत पाएको थियो। नेपालसँगै चीन, थाइल्याण्ड र इरान पनि परिषदको एसिया प्रशान्त क्षेत्रबाट निर्वाचित भएका छन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell