PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

यी हुन् चीनले दिएका विमान, हेर्नुस् हस्तान्तरणका ५ दृश्य

यी हुन् चीनले दिएका विमान, हेर्नुस् हस्तान्तरणका ५ दृश्य

रासस/पहिलोपोस्ट


काठमाडौँ : चीन सरकारको सहुलियत ऋणमा हालै ल्याइएका दुई वाई–१२ विमान आज औपचारिक रुपमा नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरिएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले विमानको संयुक्त उद्घाटन गरे।

कलसाइन (एन–एकेयू)एन–एकेभी विमान करीब डेढ महिनाअघि काठमाडौँ ल्याइएको थियो। जम्मा १७ सिट क्षमताका यी दुईसहित छ वटा चिनियाँ विमान नेपाल आइसकेका छन्। छ विमानमध्ये दुई विमान वाई १२ र एमए ६० (५६ सिट क्षमताका) विमान चीनको अनुदानमा ल्याइएको हो भने बाँकी एक एमए ६० र तीन वाई १२ गरी चार विमान सहुलियत ऋणमा खरिद गरिएको निगमले जनाएको छ। 


ट्रेन्डिङ पोस्ट

Ncell