PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

नेपालगन्ज कप क्रिकेट : लुम्बिनी यात्रीज र दंगाली गोर्खाज विजयी



पहिलोपोस्ट

नेपालगन्ज कप क्रिकेट : लुम्बिनी यात्रीज र दंगाली गोर्खाज विजयी

नेपालगन्ज : आर्शिवाद पेन्ट्स नेपालगन्ज कप क्रिकेटको मंगलवार भएको खेलमा एबरोल टीएमटी लुम्बिनी यात्रीज र एन आई सि एसिया दंगाली गोर्खाजले जित हासिल गरेका छन्।

कोहलपुर क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा लुम्बिनी यात्रीजले बाँके ब्लास्टर्सलाई ६ विकेटले पराजित गर्‍यो।

बाँकेले नर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो। बाँकेका लागि सोनु तामाङले विष्फोटक ब्याटिङ गर्दै ८ छक्का र १ चौकाको मद्दतमा ५८ रन बनाए। लुम्बिनी यात्रीजका लागि सुनिल सुनार, बासिर एहमद र निजामुद्दिन हल्वाईले २-२ विकेट लिए।

१३९ रनको लक्ष्य लुम्बिनी यात्रीजले ७ बल अगाडी नै पुरा गर्‍यो। लुम्बिनिका लागि ओपनर ब्याट्सम्यान विशाल खत्रीले ४६ बल खेल्दै सर्वाधिक ६६ रन बनाएका थिए भने बसिर अहमदले १६ बल खेल्दै ३५ रन बनाए। बाँके ब्लास्टरका लागि गोपाल सिंहले २ विकेट लिएका थिए। लुम्बिनी यात्रीजका विशाल खत्री म्यान अफ द म्याच घोषित भए।

त्यस्तै दोस्रो खेलमा दंगाली गोर्खाजले पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई ६ विकेटले पराजित गरेको छ।  रोल्पा गोरिल्लाज १८.५ ओभरमा ९५ रनमा अलआउट भयो। कप्तान सौरभ खनालले ३८ बल खेल्दै ३६ रन बनाए भने रोल्पाका उप कप्तान तथा विकेट किपर सम्मसुद्दिन अन्सारीले ११ तथा शेर ओलीले १० रन बनाए। अन्य ७ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। दंगाली गोर्खाजका सागर ढकालले ४ तथा बिष्णु कटारियाले ३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell