PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

आइपीएल : मुम्बईको पहिलो जित, कोहलीको ९२ रन छायाँमा



पहिलोपोस्ट

आइपीएल : मुम्बईको पहिलो जित, कोहलीको ९२ रन छायाँमा

रोहित शर्मा र विराट कोहलीले उत्कृष्ट ब्याटिङ गरेको दिन साविक विजेता मुम्बई इन्डियन्सले आइपीएलमा यस सिजनको पहिलो जित हात पारेको छ।

रोहितको ९४ रन मद्दतमा मुम्बईले विराटको रोएल च्यालेन्जर्स बैंगोलरलाई ४६ रनले पराजित गरेको हो। लगातार ३ हारपछि पहिलो जित हात पारेको मुम्बईलाई यस जितले राहत समेत मिलेको छ। उता ४ खेलमा बैंगलोरको यो तेस्रो हार हो। दुवैको समान २ अंक छ। ४ खेलपछि मुम्बई, बैंगलोर र दिल्लीको समान २ अंक छ। रनरेटको आधारमा मुम्बई अगाडी छ भने दिल्ली अंक तालिकामा पुछारमा छ।

२१४ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोरका कप्तान कोहलीले नटआउट ९२ रन बनाएपनि जितका लागि पर्याप्त भए। अन्तिम दुई बलमा कुनै रन लिन नसकेपछि कोहली सम्भावित शतकबाट समेत चुके।

बैंगलोरले टस जितेर फिल्डिङ रोजेपछि घरेलु मैदान वानखडे स्टेडियममा पहिले ब्याटिङ गरेको मुम्बईले रोहित शर्मा र एभिन लेविसको शतकिय साझेदारी मद्दतमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो।

बैंगलोरका बलर उमेश यादवले सुरुको दुई बलमै सूर्यकुमार यादव र इसन कसनलाई शुन्यमा आउट गरेपछि सुरुमै झड्का लागेको मुम्बईका लागि रोहित र लेविसले १०८ रनको साझेदारी गरे। ५२ बल खेलेका रोहितले १० चौका र ५ छक्का प्रहार गर्दै ९४ रन बनाए। लेविसले ६२ बल  खेलेर ६५ रन बनाए। जसमा ६ चौका र ५ छक्का सामेल थियो।

यस्तै क्रुनल पाण्डाले १५ रन जोडे भने हार्दिक पाण्ड्या १७ रनमा नटआउट रहे। बैंगलोरका उमेश यादव र रे एण्डरसनले २-२ विकेट लिए।

२१४ रनको लक्ष्य पछ्याएको बैंगलोरका लागि कोहलीबाहेक अन्य खेलाडीले गतिलो ब्याटिङ गर्न सकेनन्। कोहलीले एक छेउबाट इनिङ्स सम्हालेपनि अर्को छेउबाट निरन्तर विकेट झर्दा बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो। डे ककसँग ओपनिङ गर्दै ६२ बल खेलेका कोहलीले ७ चौका र ४ छक्काको मद्दतमा नटआउट ९२ रन बनाए। डे ककले १९, मन्दिप सिंहले १६ तथा क्रिस वोक्सले ११ रन बनाउनुबाहेक अन्य खेलाडिले दोहोरो अंक छुन सकेनन्।

बैंगलोरलाई कम स्कोरमा रोक्न मुम्बईका क्रुनल पाण्ड्याले ३ तथा जसप्रित मराह र मिचेल ङ्ग्याकलेनघानले २-२ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell