PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

होटल सोल्टीको क्यासिनो माजोङमा प्रहरीको छापा, सञ्चालकसहित ८ जना पक्राउ



पहिलोपोस्ट

होटल सोल्टीको क्यासिनो माजोङमा प्रहरीको छापा, सञ्चालकसहित ८ जना पक्राउ

काठमाडौँः प्रहरीले मंगलबार राति होटल सोल्टीको क्यासिनो माजोङमा छापा मारेको छ। नेपालीहरु समेत क्यासिनोमा रहेको भन्ने  सूचनाका आधारमा प्रहरी माजोङमा छापा मारेको हो। 

प्रहरीको छापामा क्यासिनो संचालक र मेनेजरसहित ८ जना नेपाली पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले मेनेजर बिनोद श्रेष्ठ, सञ्चालक ओम आचार्य, विकल्प पोखरेल, शंकर पौडेल, तेन्जिक मेलेक, रञ्जित खड्का, अरुण सेढाई, साङगे पासाङ ठकुरीलाई पक्राउ गरेको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell