PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

प्रधानमन्त्री सिरहा जाँदै, पाँच वर्षीया मनीषा डोमलाई विद्यालयमा भर्ना गराउने



पहिलोपोस्ट

प्रधानमन्त्री सिरहा जाँदै, पाँच वर्षीया मनीषा डोमलाई विद्यालयमा भर्ना गराउने

काठमाडौँः विद्यार्थी भर्ना अभियानलाई निरन्तरता दिन प्रधानमन्त्री केपी शर्मा ओली आज सिरहा जाँदै छन्। यसअघि मुगुबाट विद्यार्थीको अभिभावकत्व ग्रहण गरी अभियान सुरु गरेका ओली आज सिरहा जान लागेको उनका निजी सचिवालयले जनाएको छ।
  
प्रधानमन्त्री ओलीले सिरहाको कल्याणपुर नगरपालिका ११ की ५ वर्षीया मनीषा कुमारी डोमलाई सोही ठाउँको रामदुलारी माध्यामिक विद्यालयमा भर्ना गर्ने कार्यक्रम रहेको छ। 

दलित समुदायमा निरक्षरता दर बढी रहेको भन्दै प्रधानमन्त्रीले सोही समुदायबाट भर्ना अभियानमा साथ दिन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 

यसअघि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको मुगु जिल्लाको मुगुम कर्मारोङ्ग गाउँपालिका ८ की ६ वर्षीया बालिका थिल्ने साङ् तामाङलाई विद्यालय भर्ना गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell