PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

विद्यार्थी भर्ना अभियानमा साथ दिँदै शीर्ष नेता, माझी र मुसहर समुदायका दुई बालक भर्ना गर्दै प्रचण्ड 



पहिलोपोस्ट

विद्यार्थी भर्ना अभियानमा साथ दिँदै शीर्ष नेता, माझी र मुसहर समुदायका दुई बालक भर्ना गर्दै प्रचण्ड 

काठमाडौँः सरकारले सुरु गरेको विद्यालय भर्ना अभियानलाई राजनीतिक दलका शीर्ष नेताहरूले साथ दिएका छन्। प्रधानमन्त्रीपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई बालकलाई विद्यालय भर्ना गराउने भएका छन्। यसअघि कांग्रेस युवा नेता गगन थापाले पनि काठमाडौँमा एक बालिकालाई विद्यालय भर्ना गराएका थिए। 

प्रचण्डको निजी सचिवालयका अनुसार बुधवार प्रचण्डले पश्चिम चितवनको मेघौलीमा अल्पसंख्यक समुदायका बालबालिकाहरूलाई विद्यालय भर्ना गर्ने कार्यक्रम छ। 

उनले बिहान ११ बजे चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा माझी र मुसहर समुदायका दुई बालकहरूको विद्यालयमा भर्ना गरी अभिभावकत्व ग्रहण गर्ने छन्। 

प्रचण्डले ९ वर्षका अरुण मुसहर र ५ वर्षका पत्रुस माझीलाई विद्यालयमा भर्ना गर्ने उनको निजी सचिवालयले जनाएको छ। प्रचण्डको अभिभावकत्वमा दुई बालकहरूले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउनेछन्। मेघौलीको उक्त क्षेत्र अल्पसंख्यक माझी, बोटे र मुसहरहरूको बाहुल्य रहेको क्षेत्र हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell