PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

डेढ किलो चरेशसहित ७४ वर्षीय वृद्ध पक्राउ



पहिलोपोस्ट

डेढ किलो चरेशसहित ७४ वर्षीय वृद्ध पक्राउ
प्रतीकात्मक तस्वीर

कञ्चनपुरः लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय महेन्द्रनगरले एक किलो ५०० ग्राम चरेशसहित एक ७४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ।

मंगलबार साँझ भीमदत्तनगरपालिका–४ बसपार्क क्षेत्रबाट बझाङ छबिस पाथीभरा गाउँपालिका–४, कडेलका चन्द्रदेव जोशीलाई ब्यूरोको टोलीले चरेशसहित पक्राउ गरेको हो।

पक्राउ गरेका जोशीलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell