PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

हराएको ४० दिनपछि शव फेला



पहिलोपोस्ट

हराएको ४० दिनपछि शव फेला
प्रतीकात्मक तस्वीर

नुवाकोटः रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँका चोक्ता तामाङ हराएको ४० दिनपछि मृतावस्थामा नुवाकोटमा भेटिएका छन्।

विदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशुली जलविद्युत् केन्द्रको बाँधस्थित त्रिशूली नदीमा मंगलबार अपराह्न ४ बजे भेटिएको शव फागुन २४ गतेदेखि हराएका तामाङकै भएको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए।

शव परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। ५७ वर्षीय तामाङ मकै पिस्न गाउँकै घट्टमा गएको समयमा हराएका थिए। उनको मृत्युको कारण नखुलेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell