PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु



पहिलोपोस्ट

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

दाङः गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ। घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरी गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

आज बिहान ५ः३० बजेतिर घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको हो। ठक्कर दिने गाडीको पहिचान भएको छैन। प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell