PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पूर्वराष्ट्रपति बुस पत्नी बारबरा बुसको निधन



पहिलोपोस्ट

पूर्वराष्ट्रपति बुस पत्नी बारबरा बुसको निधन
Photo: Reuters

वासिङटनः अमेरिकी पूर्व प्रथम महिला बारबार बुसको ९२ वर्षको उमेरमा निधन भएको छ। स्थानीय समयअनुसार बुधवार साँझ उनको मृत्यु भएको हो। 

अमेरिकाका ४१ औँ राष्ट्रपति जर्ज बुसकी पत्नी तथा ४३ औँ राष्ट्रपति जर्ज डब्लु बुसकी आमा बारबरा बुस अमेरिकी इतिहासमा प्रथम महिलासँगै राष्ट्रपतिकी आमाको रूपमा ह्वाइट हाउसमाबा बस्ने दोस्री महिला हुन्। 

अमेरिकी इतिहासमा प्रथम महिला र राष्ट्रपतिको आमाको रूपमा ह्वाइट हाउसमा बस्ने एब्गिल एडम्स मात्र छन्। उनी राष्ट्रपति जोन अडम्सकी श्रीमती तथा जोन क्यून्सी एडम्सकी आमा हुन्। 

बुस परिवारका पारिवारिक प्रवक्ता जी म्याकग्राथले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनको मृत्यु भएको जानकारी गराएका छन्। 

गत शनिवार मात्र उनका श्रीमान् तथा पूर्व राष्ट्रपति बुसले वक्तव्य जारी गर्दै उनलाई पारिवारिक चिकित्सकको सल्लाहमा थप उपचारमा केन्द्रित भएको जनाएका थिए। बुस दम्पतीले जनवरीमा ७३ औँ विवाह उत्सव मनाएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell