PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सिन्डिकेट हटाउने निर्णय विरुद्ध यातायात व्यवसायीको कार्यक्रम : 'क्यु फ्री' देखि ग्यारेजमै थन्काउनेसम्म



पहिलोपोस्ट

सिन्डिकेट हटाउने निर्णय विरुद्ध यातायात व्यवसायीको कार्यक्रम : 'क्यु फ्री' देखि ग्यारेजमै थन्काउनेसम्म

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैशाख २१ गतेबाट आफ्नो गाडी ग्यारेजमा थन्काउने निर्णय गरेका छन्। सरकारले सिन्डिकेट खारेज गर्दै यातायात समितिको दर्ता नवीकरण नगर्ने निर्णय गरेपछि क्रुद्ध बनेका व्यवसायीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। 
 
यातायात व्यवसायीले देशभरका यातायात कार्यालय घेराउदेखि सवारी साधन ग्यारेजमा थन्काउनेसम्मका कार्यक्रम अघि सारेका हुन्। उनीहरुले ७ गते प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ८ गतेदेखि सवारी साधनमा कालोझण्डा राख्ने र वैशाख १० तथा ११ गते प्रत्येक प्रदेशमा कोण सभा गर्ने जनाएका छन्। 
 
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले वैशाख १२ र १३ गते तालिका फ्री छाड्ने तथा १४ र १५ गते क्यू फ्रि छाड्ने जनाएका छन्। वैशाख १६ गते यातायात कार्यालय घेराउ गर्ने उनीहरुको तयारी छ। 
 
सरकारले आफ्ना माग सुनुवाई नभए वैशाख २८ गतेपछि थप आन्दोलनका कार्यक्रम अघि बढाउने उनीहरुको योजना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell