PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

बेइजिङमा उच्चस्तरीय भेटमा परराष्ट्रमन्त्री ज्ञवाली



पहिलोपोस्ट

बेइजिङमा उच्चस्तरीय भेटमा परराष्ट्रमन्त्री ज्ञवाली
Photo: MOFA

काठमाडौं: चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ उपराष्ट्रपति वाङ क्यूसानसँग शिष्टाचार भेटवार्ता गरेका छन्। 

बुधबार विहान बेइजिङस्थित त्यहाँको सरकारी निवासमा पुगेर परराष्ट्रमन्त्री ज्ञवालीले उपराष्ट्रपति क्यूसानसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा द्वीपक्षी हित र दुई देशबीचको आपसी सम्बन्धका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

यसैबीच परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीसँग समेत भेटवार्ता भएको छ। दुइपक्षीय भेटवार्ताका क्रममा आपसी हित, नेपालमा चिनियाँ लगानी तथा उच्चस्तरीय भ्रमण आदानप्रदानका विषयमा कुराकानी भएको बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell