PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

सृष्टि केसीको लागि पुन: एकपटक 'ब्लाइन्ड रक्स'



पहिलोपोस्ट

सृष्टि केसीको लागि पुन: एकपटक 'ब्लाइन्ड रक्स'

फिल्म 'ब्लाइन्ड रक्स'को सहयोगार्थ सो आयोजना हुने भएको छ। बैशाख १३ गते काठमाडौँको कुमारी हलमा च्यारिटी सो आयोजना हुन लागेको हो। फिल्मको नेपाल, हङकङ र लण्डनमा सो भइसको छ।

फिल्म दृष्टिबिहिनहरुको लागि खोलिएको संस्था ब्लाइन्ड रक्सकी अध्यक्ष एवं मोटिभेसनल स्पिकर सृष्टि केसीको बायोपिक हो। र हुन लागेको च्यारिटी सोको मुनाफा उनकै संस्थाको सहयोगका लागि आयोजना गरिएको हो।

मिलन चाम्स निर्देशित बायोपिकमा अभिनेत्री बेनिशा हमालले सृष्टिको भूमिका निभाएकी छिन्। फिल्ममा अन्य कलाकार गौरी मल्ल, अर्पण थापा, अनिल केशरी शाह, वसन्‍त भट्ट, रोशनी कार्की लगायतको अभिनय रहेको छ।

बेलुकी ५:३० मा हुने सोको टिकट दर ५०० र १००० तोकिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell