PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

मेघौलीका दुई विपन्न बालकको शिक्षामा प्रचण्डको साथ



पहिलोपोस्ट

मेघौलीका दुई विपन्न बालकको शिक्षामा प्रचण्डको साथ
Photo: cmprachanda.com

चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका दुर्इ बालकलार्इ विद्यालयमा भर्ना गराएका छन्। 

बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माविमा आयोजित कार्यक्रममा प्रचण्डले मुसहर र माझी समुदायका बालकहरूको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका हुन्। 

प्रचण्डले ९ वर्षका अरुण मुसहर र ५ वर्षका पत्रुस माझीलाई भर्ना गराएका हुन्। उनले यी बालकहरूको कक्षा १२ सम्म निःशुल्क अध्ययन खर्च व्यहोर्ने छन्। 

प्रचण्ड यही क्षेत्रबाट प्रतिनिधिसभामा विजयी भएका थिए। यस क्षेत्रमा अल्पसंख्यक माझी, बोटे र मुसहरहरूको बाहुल्य रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell