PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कुख्यात अपराधी मनोज पुनका सहयोगी माओवादी र एमालेका नेता प्रहरी नियन्त्रणमा



चन्द्रकान्त खनाल

कुख्यात अपराधी मनोज पुनका सहयोगी माओवादी र एमालेका नेता प्रहरी नियन्त्रणमा

बुटवल : जिल्ला प्रहरी कार्यालय रुपन्देहीले संगठित जघन्य अपराधमा संलग्न ५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

कुख्यात अपराधी मनोज पुनको समूहमा आवद्ध भएका तथा विभिन्न अपराधमा संलग्न ५ जनालाई हिजो पक्राउ गरी प्रहरीले आज बुटवलमा सार्वजनिक गरेको हो।

प्रहरीले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका रुपन्देही देवदह ४ का लेखनाथ न्यौपाने, युथ फोर्स रुपन्देहीका पूर्व नेता बुटवल ७ का उत्तम आचार्य, मोहिनी हाइजिन मदिरा उद्योगका अध्यक्ष बुटवल ४ का हरिप्रसाद श्रेष्ठ, देवदह ५ का तुल्सी न्यौपाने र देवदह ६ का रोशन खड्कालाई प्रहरीले इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

उद्योगी हरिप्रसाद श्रेष्ठले आफ्ना पार्टनर अर्जुन श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत डिलाराम आचार्यलाई हत्या गर्न दुई लाख रुपैयाँ दिएको र अन्य चार जना मनोज पुनको समूहमा रहेर अपराधिक क्रियाकलाप गरिरहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell