PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

प्रधानमन्त्री होइन, कानुन ठुलो हो, कोहीसँग एक इन्च पनि झुक्नेवाला छैन : कानुनमन्त्री तामाङ



पहिलोपोस्ट

प्रधानमन्त्री होइन, कानुन ठुलो हो, कोहीसँग एक इन्च पनि झुक्नेवाला छैन : कानुनमन्त्री तामाङ

काठमाडौं: कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले देश विकासको लागि कानुन र विधान आवश्यक रहेको बताएका छन्।

ग्याबा तामाङहरूको पहिलो राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले कतिपय मानिसहरू पदमा बसेकै आडमा ठुलो बन्ने गरेको आरोप लगाए।

'कति मान्छेहरू संविधान, कानुनले दिएको पदमा बसेका हुन्छन्, त्यो भन्दा पनि ठुलो मान्दो रहेछन्,' मन्त्री तामाङले भने, 'स‌ंविधान, कानुनले दिएको पद हो उनलाई। त्यो भनेको जनताले दिएको पद हो। जनताले निर्वाचित गरेको हुन्छ। जनताको मानोचामल खाएको हुन्छ। जनताले जम्मा गरेको कर खाएको हुन्छ। यसरी नै कोही न्यायाधीश भएका होलान्, कोही प्रधानमन्त्री भएका होलान्, कोही मन्त्री, कोही सांसद, कोही सरकारी कर्मचारी।'

त्यो पदमा बसेका मान्छेहरू त्यो भन्दा पनि ठुलो भयो कि भनेर सोचे त्यो गलत हुने उनको भनाइ थियो। यस्तै सोच भएका मानिसहरूले देशलाई डुबाउने र भ्रष्टाचारमा लाग्ने गरेको पाएको उनले दाबी गरे।

आफू जनतालाई न्याय दिलाउन लागी पर्ने अठोट गर्दै मन्त्री तामाङले भ्रष्टाचारी कसैलाई नछाड्ने र कोहीसँग एक इन्च पनि नझुक्ने बताए। उनले भने, 'राष्ट्र डुबाउने, करोडौ खानेहरु पनि रहेछन्, म कोहीसँग एक इन्च पनि झुक्नेवाला छैन। त्यस्ता सबै भ्रष्टाचारी र कानुन तोड्नेहरुलाई कारबाहीको दायरामा ल्याएरै छाड्नेछु।'

ग्याबा तामाङको सात बुँदे घोषणापत्र जारी


कार्यक्रममा ग्याबा तामाङ उत्थान सङ्घका अध्यक्ष बाबुराम तामाङले सात बुँदे चोथाङ घोषणापत्रसमेत सार्वजनिक गरेको छ। दोलखाको चोथाङमा वैखाश १ मा सम्पन्न सम्मेलनले पारित गरेको घोषणापत्र आज एक कार्यक्रमका माझ सार्वजनिक गरिएको हो। संघले एक करोडको अक्षयकोष स्थापना गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ।

त्यसै गरी मन्त्री तामाङले रवीन्द्र ग्याबा तामाङद्वारा लिखित पुस्तक ग्याबा वंशवलीसमेत सार्वजनिक गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell