PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

सेवाग्राहीसँग घुस लिने विद्युत प्रधिकरणका दुई कर्मचारी पक्राउ



पहिलोपोस्ट

सेवाग्राहीसँग घुस लिने विद्युत प्रधिकरणका दुई कर्मचारी पक्राउ

काठमाडौं: घुस रकमसहित महोत्तरी जलेश्वरबाट नेपाल विद्युत प्राधिकरणका दुई कर्मचारी पक्राउ परेका छन्।  

विद्युत प्राधिकरण शाखामा कार्यरत चौथो तहका बाबुसाहेव सिंह र तृतिय तहका लालबाबु पण्डितलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।  

उनीहरुले थ्रि फेज मिटर जडानको लागि भनेर सेवाग्राहीसंग ३० हजार रुपैयाँ लिएका थिए। सेवाग्राहीको उजुरीपछि उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell