PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

ईयूकी राजदुतले भेटिन् प्रधानसेनापति



पहिलोपोस्ट

ईयूकी राजदुतले भेटिन् प्रधानसेनापति

काठमाडौं: यूरोपिएन युनियनकी राजदुत भेरोनिका बोडेले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटघाट गरेकी छिन्।

राजधानीस्थित भद्रकालीमा रहेको नेपाली सेनाको मुख्यालय पुगी बोडेले प्रधानसेनापति क्षत्रीलाई भेटेको नेपाली सेनाले जनाएको छ। भेटमा दुई पक्षीय हित र पारिस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ।

त्यसैगरी रक्षा मन्त्रालयका नवनियक्त सचिव विष्णुप्रसाद लम्सालले जंगी अड्डाको निरीक्षण गरेका छन्।

उनलाई नेपाली सेनाका बलाध्यक्ष रथी हेमन्तराज कुँवरले जंगी अड्डामा स्वागत गरेका थिए। सचिव लम्साललाई वर्तमान बस्तुस्थित, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्यलगायतका विषयमा ब्रिफ गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell