PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

एसएसपी सिंहले सम्हाले अपराध महाशाखामा जिम्मेवारी



पहिलोपोस्ट

एसएसपी सिंहले सम्हाले अपराध महाशाखामा जिम्मेवारी

काठमाडौं: एसएसपी धिरजप्रताप सिंहले आजदेखि महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी सम्हालेका छन्। 

दिउँसो ४ बजे टेकुस्थित महाशाखाको कार्यालय पुगेर उनले जिम्मेवारी सम्हालेका हुन्। प्रहरी प्रधान कार्यालय नक्सालले गत आइतबार एसएसपी सिंहलाई महाशाखामा सरुवाको लागि पत्र थमाएको थियो। 

३३ केजी सुन काण्डमा एसएसपी दिवेश लोहनीलाई हेडक्वाटर तानिएपछि लोहनीको ठाउँमा सिंहलाई पठाइएको हो। एसएसपी सिंह यसअघि बाग्मती अञ्चल कार्यालयमा थिए। उनीसँग दाङ, पर्सा लगायत जिल्लाको प्रमुख भएको अनुभव छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell