PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

प्रहरीले पक्राउ गरेका युवकको गोजीमा विष



पहिलोपोस्ट

प्रहरीले पक्राउ गरेका युवकको गोजीमा विष
फोटो : legendarypants.net

काठमाडौं : बुधवार दिउँसो महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले एक युवकलाई पक्राउ गर्‍यो। करीब २५ वर्षका ती युवकले एक युवतीलाई फेसबुकमा जथाभावी म्यासेज गर्ने गरेका थिए। युवतीले प्रहरीमा उजुरी दिएपछि युवक पक्राउ परे।

प्रहरीले ती युवकको शरीर खानतलास गर्‍यो। युवकको गोजीमा रहेको सामाग्री देखेर प्रहरी नै चकित भए। ती युवकको गोजीमा विषको बट्टा भेटियो। नखोलिएको भर्खरै किनिएको विषको बट्टा थियो उनीसँग। 

प्रहरीले अनुसन्धान शुरु गर्‍यो। युवकको डिटेल खोज्यो। तब पत्ता लाग्यो युवकले विष खान होइन, प्रहरीलाई तर्साउन बोकेका रहेछन्। ती युवक चोरी लगायत केसमा पटकपटक पक्राउ परेको तथ्य भेटियो। 

प्रहरीले विष बोकेर आत्महत्या गर्ने सोच बनाएको मान्छेलाई छोड्छ भन्ने 'सुत्र'लाई आधार मानेर विषको बट्टा बोक्दै आएको खुलेको अनुसन्धानमा संलग्न प्रहरीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell