A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.696dc0fd4e1159.76530372): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.696dc0fd4e1159.76530372,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी
PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी



पहिलोपोस्ट

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी
प्रतीकात्मक तस्वीर

कञ्चनपुरः कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन्। ९५ जनाको क्षमता भएको कारागारमा हाल २७६ कैदीबन्दी छन् जसमध्ये १७ महिला कैदीबन्दी रहेका छन्।

कारागारका जेलर श्यामप्रसाद भट्टले कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी पुगेको बताए। कारागारभित्रका कोठामा ठाउँ नभएपछि कैदीबन्दीलाई ग्यालरी, खाली ठाउँ र एकै कोठामा धेरै जनालाई राखिएको छ।

कैदीबन्दीले पटकपटक समस्याबारे कारागार प्रशासनलाई जनकारी गराउँदै आएका छन्। कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई जानकारी गराउँदै आएको छ। कैदीबन्दीका समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आएका छौँ, जेलर भट्टले भने , “समस्या समाधान भएको छैन।”

कारागारमा कैदीबन्दी बस्नका लागि दुई ब्लक छन्। ती दुबै ब्लकको ग्यालरीमा कैदीबन्दी बस्ने गरेका छन्। शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, धनगढीले भवन निर्माण गर्ने जानकारी आएको जेलर भट्टले बताए। “कारागारमा भवन बन्ने कुरा आएको छ, त्यो भवन बनेपछि मात्रै समस्या समाधान हुन्छ” उनले भने।

कैदीबन्दीले संघर्ष समिति बनाएर कारागार सुधारका लागि आन्दोलनसमेत गर्दै आएका छन्। कारागारका जेलर भट्टले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, पानी र शौचालयको समस्या भएको बताए। “विद्युत्को हकमा पुरानो छ, त्यो जुन बेला पनि सर्ट हुनसक्ने डर छ”, जेलर भट्टले भने। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell