PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

फोनलाइन काटिएपछि महसुल तिर्ने तयारीमा संसद सचिवालय



पहिलोपोस्ट

फोनलाइन काटिएपछि महसुल तिर्ने तयारीमा संसद सचिवालय

काठमाडौं: नेपाल टेलिकमले टेलिफोन लाइनहरु काटेपछि संघीय संसद सचिवालयले महसुल तिर्ने तयारी गरेको जनाएको छ।

सचिवालयले झण्डै ६० लाख रुपैयाँ नेपाल टेलिकमलाई बुझाउन बाँकी राखेपछि टेलिकमले बुधबार टेलिफोनका लाइनहरु काटिएका छन्।

सचिवालयले लाइन सुचारु गर्न बुधबार नै टेलिकमलाई आग्रह गरे पनि बिहीवार एक बजेसम्म पनि टेलिफोनहरु सुचारु हुन सकेको थिएन।

सचिवालयका सहप्रवक्ता केशव अर्यालले पहिलोपोस्टसँग भने,‘महसुल बुझाउने तयारी गर्दैछौं। केही दिनमै बुझाउँछौं।’

नियमित महसुल बुझाउँदै आएपनि केही ढिलका भएको कारण र टेलिकमले नयाँ प्रविधि जडान गरेकोले लाइन काटिएको अर्यालले बताए।

‘हामीलाई पटक पटक ताकेता आको भन्ने कुरा छैन।’ अर्यालले भने,‘केही ढिलो भएको कारण काटिएको छ । टेलिकमलाई सेवा सुचारु गर्न आग्रह गरिएको छ। यता महसुल तिर्ने तयारी पनि भइरहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell