PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

पात्रहरुको चरित्र खुलाउने 'हैरान' टिजर



पहिलोपोस्ट

पात्रहरुको चरित्र खुलाउने 'हैरान' टिजर

काठमाडौं: कान्छो निर्देशक सौगात विष्टको निर्देशनमा बनेको फिल्म ‘हैरान’को टीजर सार्वजनिक भएको छ। फिल्मका पात्रहरुको चरित्र बुझाउने ट्रेलर विहिबार युट्युबमार्फत रिलिज गरिएको हो।

कमेडी र एक्सन पाटो देखाइएको टिजरमा मुख्य कलाकारहरु फिचर्ड छन्। फिल्म जेठ ४ गतेबाट प्रदर्शन हुँदैछ। डान्स फिभरको ब्यानरमा बनेको फिल्मलाई निरज कडेँल र नवराज उप्रेतीले खिचेका हुन्। फिल्मलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन्।

सत्य–स्वरुपको संगीत रहेको फिल्ममा सरोज खनाल, गजित बिष्ट, सागर लम्साल ‘बले’, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निष्मा घिमिरे, आरोही शर्मा, एन्जल राई लगायतका कलाकारहरुको अभिनय छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell