PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

'बेबी आइ लभ यु'को कभर भिडियो र गीतको नतिजा घोषणा



पहिलोपोस्ट

'बेबी आइ लभ यु'को कभर भिडियो र गीतको नतिजा घोषणा

काठमाडौं: फिल्म 'बेबी आइ लभ यु'को ट्रेलर सार्वजनिक भएको छ। विहीबार काठमाडौंमा कार्यक्रम आयोजनागरी ट्रेलर रिलिजसँगै फिल्मको कभर गीत र भिडियो प्रतियोगिताको विजेता घोषणा पनि गरियो।

फिल्मको गीत 'कान्छी मायालु'को कभर भिडियो आह्वान गरिएको थियो। जसको लागि बिटुडी डान्सिङ ग्रुप विजेता घोषित भयो। समुहलाई एक लाख नगद पुरस्कारको चेक हस्तान्तरण गरियो। त्यस्तै गायनतर्फ प्रितम सेन्चुरी विजेता घोषित भए। उनलाई पनि एक लाख बराबरको चेक दिइयो।

जनक पाण्डेको निर्देशन रहेको फिल्म यस फिल्म आगामी जेठ १८ गतेबाट प्रदर्शन आउने भएको हो। लभ स्टोरी जनराको फिल्म 'बेबी आइ लभ यु'मा सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, निर्मल शर्मा, सन्तोष खड्गी  लगायतको मुख्य भूमिका रहेको छ।

फिल्ममा कथा तथा संगीत सन्तोष खड्गीले दिएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell