PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

सेप्टेम्बर ११ का संदिग्ध मोहमेद हैदर सिरियाबाट पक्राउ



पहिलोपोस्ट

सेप्टेम्बर ११ का संदिग्ध मोहमेद हैदर सिरियाबाट पक्राउ
File Photo: AP

बर्लिनः सेप्टेम्बर ११ को घटनाका संलग्न भनिएका एक जर्मन नागरिकलार्इ सिरियाबाट पक्राउ गरिएको छ। मोहमेद अत्ता र अन्य अल कायदाका हमलाकारीलार्इ सिरियाबाट पक्राउ गरिएको एएफपीले जनाएको छ। 

'मोहमेद हैदर जमारलार्इ कुर्दिस सुरक्षा दस्ताले उत्तरी सिरियाबाट पक्राउ गरिएको छ,' प्रहरी अधिकारीलार्इ उदृत गर्दै एएफपीले जनाएको छ। यद्पी यो समाचार स्वतन्त्र रूपमा पुष्टि भइनसकेको एनबीसी न्यूजले जनाएको छ। 

जर्मनीको बील्ड न्यूजपेपरले जमारलार्इ कुर्दिस डिफेन्स फोर्सले पक्राउ गरेको जनाएको छ। फोर्स अमेरिकी नेतृत्वको इस्लामिक स्टेट विरुद्ध लडिरहेको समूह हो। 

२००१ सेप्टेम्बर ११ मा भएको अमेरिकी ट्वीन टावर हमलासम्बन्धी गोप्य रिपोर्टमा जमर सिरियामा जन्मिएका जर्मन नागरिक भएको उल्लेख छ। रिपोर्टले उनलार्इ सेप्टेम्बर ११ घटनामा संलग्न भएको उल्लेख छ। 

उनलार्इ २००१ को अन्त्यमा मोरक्कोबाट पक्राउ गरी सिरया सरकारलार्इ हस्तान्तरण गरिएको थियो। सन् २००७ मा उनलार्इ सिरियाको अदालतले १२ वर्षको जेल सजाय दियो। तर पछि २०१३ मा उनी देशमा गृहयुद्ध सुरु भएपछि रिहा भएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell