PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

गोपाल पराजुलीविरुद्धको अवहेलना मुद्दा सर्वोच्चले दर्ता गरेन



पहिलोपोस्ट

गोपाल पराजुलीविरुद्धको अवहेलना मुद्दा सर्वोच्चले दर्ता गरेन

काठमाडौं : निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध सर्वोच्चमा पेश भएको अवहेलना मुद्दाको दरपीठ इजलासले पनि सदर गरेको छ। दरपीठ सदरसँगै पराजुलीविरुद्धको मुद्दा दर्ता भएन। दर्ताका लागि पेश भएको झण्डै एक महिनापछि मुद्दा दरपीठ सदर भएको हो। 

न्यायाधीशद्वय दीपकराज जोशी र तेजबहादुर केसीको इजलासले प्रशासनको दरपीठ सदर गरेको हो ।

फागुन  २५ गते रिट दरपीठ भएको थियो। सर्वोच्च प्रशासनले रिट दरपीठ गरेको थियो। दरपीठपछि निवेदन मनोजकुमार अधिकारीले इजलासमा निवेदन दिएका थिए।

चैत ८ गते न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले कैफियत प्रतिपेदन माग गरेको थियो। आज संयुक्त इजलासले दरपीठ सदर गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell