PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

देउवाले भने : सबै दोष मेरो टाउकोमा थोपारियो



पहिलोपोस्ट

देउवाले भने : सबै दोष मेरो टाउकोमा थोपारियो

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस हारदेखि गुट उप-गुटसम्मका सबै दोष आफ्नो टाउकोमा थोपरेको गुनासो गरेका छन्।

नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा राजधानीको त्रिचन्द्र कलेजमा आयोजित बृहत् शुभकामना आदानप्रदान एवं जलपान समारोहलाई सम्बोधन गर्दै देउवाले उक्त भनाइ राखेका हुन्।

देउवाले दोष अाफूमाथि आएकाले मिलाएर लैजाने प्रतिवद्धतासमेत जनाए। विवाद अन्त्यका लागि केन्द्रीय समिति जारी रहेको उल्लेख गर्दै उनले चाँडै समस्या समाधान हुने विश्वास लिएको बताए।

कार्यक्रममा उनले नेपालमा कम्युनिस्ट सरकार अधिनायकवाद ल्याउने प्रयासमा लागेकाले यसको विरोधमा नेविसंघ लाग्न आग्रहसमेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell