PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

मालिन्दो एयरको जहाज दुर्घटनाः त्रिभुवन विमानस्थल हिजो १० बजेदेखि बन्द



पहिलोपोस्ट

मालिन्दो एयरको जहाज दुर्घटनाः त्रिभुवन विमानस्थल हिजो १० बजेदेखि बन्द
तस्वीर फाइल

काठमाडौँः मालिन्दो एयरको जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले मालिन्दो एयरको जहाज दुर्घटनाका कारण अहिलेसम्म पनि विमानस्थल खुल्न नसकेको बताए।

‘मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा गएर भासिएपछि अहिलेसम्म पनि विमानस्थल खुल्न सकेको छैन’उनले भने, प्राविधिक टोलीले जहाज मर्मत लगायतको काम गर्दैछ। विमानस्थल खुल्ने बारेमा अहिले नै भन्न सकिन्न।‘

आन्तरिक उडान भने सुचारु भएको छ। काठमाडौंबाट क्वालालम्पुर उड्न लागेको जहाज धावनमार्ग छाडेर करिब १३५ फिट तल गएर भासिएको थियो। जहाज भासिएपछि सबै यात्रुलार्इ सकुसल उद्धार गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell