PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

खुमबहादुर खड्काको निधनपछि स्थगित कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि पुनः बस्दै



पहिलोपोस्ट

खुमबहादुर खड्काको निधनपछि स्थगित कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि पुनः बस्दै

काठमाडौँः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि पुनः सुरु हुँदैछ। चुनावी समीक्षाका लागि सुरु भएको बैठक जारी रहेकै अवस्थामा नेता खुमबहादुर खड्काको निधनपछि बैठक स्थगित भएको थियो। 

आज बिहान ११ बजेदेखि केन्द्रीय समिति पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। 

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन समीक्षाका लागि चैत ९ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी छ। केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ। 

चैत ९ देखि १६ गतेसम्म निरन्तर चलेको बैठक चैत १७ गते नेता खड्काको निधनपछि स्थगित भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell