PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

दीपक मनाङेलाई अदालतमा पेस गरिँदै, आजै कारागार चलान हुने



पहिलोपोस्ट

दीपक मनाङेलाई अदालतमा पेस गरिँदै, आजै कारागार चलान हुने

काठमाडौँः ज्यान मार्ने उद्योगमा अदालतबाट दोषी ठहर भएका राजीव गुरुङ भनिने दीपक मनाङेलाई फैसला कार्यान्वयन प्रक्रियाका लागि आज अदालतमा पेस गरिँदैछ। मनाङेलाई प्रहरीले बिहीबार काठमाडौँबाट पक्राउ गरेको थियो।

काठमाडौँ जिल्ला अदालत तहशील शाखाले उनको कैद भुक्तानको लगत तयार पारेपछि कारागार चलान हुनेछन्।

०६९ मा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्याग मुद्दामा ५ वर्ष कैद सजाय सुनाएको थियो।

अदालतमा संलग्न मिसिल अनुसार उनले सुरुमा काठमाडौँ जिल्ला अदालतको आदेशपछि दुई वर्षभन्दा बढी कैद भुक्तान गरिसकेका छन्। अब बाँकी अवधि कैद भुक्तान गरे पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell