PahiloPost

Apr 16, 2025 | ३ बैशाख २०८२

मालिन्दो एयरको विमान धावनमार्गमा तानियो, विमानस्थल केही समयपछि सुचारु हुने



वसन्तराज उप्रेती

मालिन्दो एयरको विमान धावनमार्गमा तानियो, विमानस्थल केही समयपछि सुचारु हुने

काठमाडौँः रनवेमा चिप्लिएर भासिएको मालिन्दो एयरको विमानलाई धावनमार्गमा तानिएको छ। विमान धावनमार्गमा तानिएपछि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने तयारी भइरहेको छ। 

करिव १२ घन्टा रनवे अवरुद्ध भएपछि विमानलाई धावनमार्गमा तानिएको हो। हिजो रातिदेखि नै विमानलाई निकाल्न प्राविधिकहरुले प्रयास गरिरहेका थिए। प्रहरी र सेनाको सहयोगमा विमानलाई तानेर अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा ल्याइएको हो। 


मालिन्दोको बोइङ ७३७-९०० विमान राति १० बजे क्वालालम्पुरतिर उड्नका लागि रनवे २० बाट टेकअफ गर्ने क्रममा रनवे छाडेर करिब १३५ फिट तल गएर भासिएको थियो। जहाज भासिएपछि सबै यात्रुलार्इ दायाँ साइडको पछाडिको आपतकालीन स्लाइडबाट बाहिर निकालिएको थियो। विमानमा करिब १३० यात्रु थिए। 

आन्तरिक उडान भने यसअघि नै सुरु भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell