काठमाडौँः ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका दीपक मनाङेलाई सदरखोर डिल्लीबजार चलान गरिएको छ। काठमाडौँ जिल्ला अदालत तहशील शाखाको पत्राचार अनुसार अब थप तीन वर्ष कैद बस्नु पर्नेछ। पाँच वर्षमध्ये दुई वर्ष कैद यसअघि नै भुक्तान भइसकेको छ।
पुनरावेदन अदालत पाटनको फैसला कार्यान्वयनमा गएको हो । उनी ०७८ वैशाख ६ गतेसम्म कारागारमा रहनेछन्।
ज्यान मार्ने उद्योग मुद्दामा तत्कालीन पुनारावेदन अदालत पाटनको फैसला कार्यान्वयनका लागि प्रहरीले बिहीबार मनाङेलाई पक्राउ गरेको थियो। ०६९ मा पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो।

मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका मनाङे अदालतको फैसला अन्तिम रहेको तथ्य बाहिर आएसँगै फरार थिए। सिक्किममा लुकेर बसेका मनाङे १३ दिनअघि नेपाल आएका थिए।
०६१ सालमा चक्रे मिलनमाथि कुटपिट गरेको मुद्दामा मनाङेसहित गणेश लामा, उमेश लामा पनि जोडिएका थिए। मत माघमा गणेश लामा लगायतले भने सर्वोच्चबाट सफाइ पाएका थिए। मनाङेले पुनरावेदन म्याद गुजारेका हुन्।