PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

फ्राइडे रिलिज: दुई नयाँ फिल्म पर्दामा 



पहिलोपोस्ट

फ्राइडे रिलिज: दुई नयाँ फिल्म पर्दामा 

काठमाडौं: यो साता फ्राइडे रिलिजका लागि एकमात्र फिल्म रिलिज भयो। 'स्वर्ग मेरो गाउँ' सार्वजनिक भएको हो। फिल्मले सिंगस स्क्रिनमा मात्र सो पाएको छ। 

फिल्मको निर्माण तथा निर्देशन रामकृष्ण बजगाईंले गरका हुन्। फिल्मले शहरबाट गाउँ घुम्न आएका युवतीहरुको कथा भन्छ। जो गाउँ परिवर्तनमा लाग्छन्। फिल्ममा नरेन खड्का, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा लगायतको अभिनय रहेको छ। 

पवन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ। फिल्मकको कथा सुनिता बरालले लेखेकी हुन्। 

बलिउडमा नयाँ फिल्म रिलिज भएन। 

हलिउडतर्फ भने फिल्म 'राम्पेज' रिलिज भएको छ। अमेरिकन साइन्स फिक्सन फिल्मलाई ब्राड पेटनले निर्देशन गरेका हुन्। भिडियो गेम सिरिजमा आधारित फिल्ममा रेस्लर ड्व्ाने जोनसोम, नाओमी हारिस, मलिन अकरमन, जेक लेसी लगायतको अभिनय रहेको छ। 

रायन इगलको पटकथामा तयार फिल्मले मल्टिप्लेक्समा सो पाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell