PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

राकेश रोशनलाई 'लाइफ टाइम अचिभमेन्ट' अवार्ड 



पहिलोपोस्ट

राकेश रोशनलाई 'लाइफ टाइम अचिभमेन्ट' अवार्ड 

बलिउड फिल्मकर्मी राकेश रोशनले 'लाइफ टाइम अचिभमेन्ट' अवार्ड  पाउने भएका छन्। दादासाहेब फाल्के फिल्म फाउन्डेसनले उनलाई उक्त उपाधी दिने भएको हो। 

लामो समयसम्म निर्माता, निर्देशक, स्क्रिन लेखक, सम्पादक र अभिनेताको रुपमा सक्रिय उनको निरन्तर सक्रियताको लागि उपाधी प्रधान गर्न लागेको आयोजकको दाबी छ। आयोजक पारुल सुद भन्छन्,'उहाँजस्तो व्यक्तिलाई सम्मान गर्न पाउँदा खुशी छौं। यो उनको योगदानको कदर हो।' सुदले राकेशको फिल्म 'काबिल'ले युवामाथि पार्ने सकारात्मक प्रभावको तारिफसमेत गरे।

दादासाहेब ट्रस्टले पर्दा फिल्मको पछाडीका प्राविधिकलाई पनि अवार्ड वितरण गर्दै आएको छ। यो वर्षका लागि अवार्ड वितरण समारोह अप्रिलको २९ तारिखमा हुँदैछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell