PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

राजपाले पहिलो स्थापना दिवस मनाइरहँदा दोस्रो तहका नेता नै पार्टी छोड्दै



बीपी साह

राजपाले पहिलो स्थापना दिवस मनाइरहँदा दोस्रो तहका नेता नै पार्टी छोड्दै

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज आफ्नो पहिलो स्थापना दिवस मनाउँदैछ। स्थापना दिवसकै अवसर पारी केही नेताहरुले पार्टी परित्याग गर्दैछन्।

पार्टी उपाध्यक्ष अशोक यादवको नेतृत्वमा महासचिव कदम रसुल, सचिव रितेश सिंहलगायतका दोस्रो तहका नेताहरुले पार्टी परित्याग गर्दैछन्।

शुक्रबार दिउँसो २ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले पार्टी परित्यागको घोषणा गर्दैछन्।

स्रोतका अनुसार उनीहरु राजपा परित्याग गरी संघीय समाजवादी फोरममा प्रवेश गर्ने तयारी रहेको छ।

तर, पार्टी परित्याग गर्न लागेकी नेतृ मधुमाया यादवले आफूहरुले नयाँ पार्टी गठन गर्ने अथवा कुनै पार्टीमा प्रवेश गर्ने भन्ने टुंगो लागनसकेको पहिलोपोस्टलाई बताइन्। 

पदाधिकारी र केन्द्रीय सदस्यसहित ३१ जना नेताले पार्टी परित्याग गर्न लागेका हुन्। राजपाको पदाधिकारी र केन्द्रीय सदस्य ११ सय हाराहारीमा छन्।

पार्टी परित्याग गर्न लागेको यादवले यसअघि 'आम आदमी पार्टी नेपाल' गठन गरेका थिए। त्यसपछि महेन्द्र राय यादव नेतृत्वको पार्टीमा प्रवेश गरेका थिए। एकीकरण पछि उनी राजपाका उपाध्यक्ष भएका हुन्। अर्को सचिव रितेश सिंह यसअघि राप्रपा नेपालमा सक्रिय थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell