PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

कांग्रेस केन्द्रीय समिति स्थगित: अर्को बैठक आइतवारमात्र



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय समिति स्थगित: अर्को बैठक आइतवारमात्र
फाइल फोटो

काठमाडौं: आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ। बैठक ११ बजे बस्ने भनिएको थियो। वैठक किन स्थगित भयो भन्नेबारेमा कांग्रेसले खुलाएको छैन। अर्को बैठक आइतवार विहान ११ बजे बस्ने भएको छ।

'विशेष कारणवस उक्त बैठक २०७५ वैशाख ९ गते विहान ११ बजे बस्ने भएकोले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यज्यूहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,' कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णकृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

चुनावी समीक्षाका लागि चैत ९ बाट सुरु भएको बैठक जारी रहेकै अवस्थामा नेता खुमबहादुर खड्काको निधनपछि चैत १८ बाट बैठक स्थगित भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell