PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

स्वीट्जरल्याण्डसँग नाम मिल्दो-जुल्दो भएको कारण यी राजाले परिवर्तन गरे आफ्नै देशको नाम



पहिलोपोस्ट

स्वीट्जरल्याण्डसँग नाम मिल्दो-जुल्दो भएको कारण यी राजाले परिवर्तन गरे आफ्नै देशको नाम

दक्षिण अफ्रिकी राष्ट्र स्वाजील्याण्डका राजा मस्वती तेस्रोले आफ्नो देशको नामै परिवर्तन गरेका छन्।

उनले विशेष अवसर पारेर देशको नाम परिवर्तन गरेका हुन्। स्वाजील्याण्ड स्वतन्त्र भएको र आफ्नो पनि ५०औँ जन्म दिवसको अवसमा स्वाजिल्याण्डको नाम परिवर्तन गर्दै 'द किंगडम इएसवातिनि' राखेका हुन्। जसको अर्थ ल्याण्ड अफ स्वाजिज अर्थात स्वाजीहरुको भूमि भन्ने हुन्छ।

राजा मस्वातीले यसअघि पनि पटक-पटक स्वाजील्याण्डलाई इएसवातिनी भन्दै आएका थिए। उनले युएन जेनेरल एसेम्बली २०१७, सन् २०१४ मा आफ्नै देशको संसद, अफ्रिकन युनियन र अन्य इन्टरनेशनल कन्फ्रेन्सलाई सम्बोधन गर्दा पनि इएसवातिनीको नामले नै सम्बोधन गरेका थिए।

दक्षिण अफ्रिकी राष्ट्र स्वाजील्याण्ड्सले सन् १९६८ मा ब्रिटेनको अधिनबाट छुट पाउँदै स्वतन्त्र राष्ट्र बनेको थियो।

'म आजको दिनबाट हाम्रो देशको नाम किङ्गडम अफ इएसवातिनी भएको घोषणा गर्दछु।' मन्जिली बहरमा रहेको स्टेडियमा राजाले भने। साथै उनले स्वाजील्याण्ड नाम हुँदा स्वीट्जरल्याण्ड जस्तै सुनिने र यसले गर्दा भ्रम पैदा भएको बताएका छन्। 'जब हामी विदेश जान्छौँ मानिसहरुले हामीलाई स्वीट्जरल्याण्ड भनेर भन्छन्।'

रातो र कालो रङको मिलिटरी युनिफर्म लगाएर ओपन कार चलाउँदै स्टेडियम पुगेका राजाले मानिसहरुले पहिचान गर्न सक्ने गरी देशको नाम राख्न चाहेको प्रतिक्रिया दिए।

अघिल्ला राजा सोभुजाका दोस्रोका छोरा रहेका राजा एस्वतीको १५ श्रीमती रहेको समेत उल्लेख छ। उनी सन् १९८६ मा राजा बनेका थिए। उनका बुबाको १२५ श्रीमती भएको समेत बीबीसीले उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell