PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मलेसियाबाट आउँदै मालिन्दोका प्राविधिक



वसन्तराज उप्रेती

मलेसियाबाट आउँदै मालिन्दोका प्राविधिक

काठमाडौं : दुर्घटनाग्रस्त मालिन्दो एयरको प्राविधिक अवस्था बुझ्न मलेसियाबाट प्राविधिक टोली आउने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले विमानको प्राविधिक अवस्था बुझ्न बेलुकासम्म मलेसियाबाट टोली आइसक्ने बताए।

‘जहाजको प्राविधिक अवस्था हेरेर आवश्यक मर्मतपछि मात्रै उडानका लागि योग्य हुनेछ,’ उनले भने। उनका अनुसार अहिलेसम्म जहाजमा ठूलो क्षति देखिएको छैन। 'बाहिरबाट हेर्दा ठूलो क्षति केही देखिँदैन। तर, प्राविधिक टोलीले आवश्यक उपकरणले हेरेपछि मात्रै जहाजको अवस्था पत्ता लाग्छ,' उनले भने, 'प्राविधिक टोलीले उडानका लागि योग्य भनेपछि मात्रै जहाज उडाउन मिल्छ।'

मालिन्दोको बोइङ- ७३७ राति १० बजे क्वालालम्पुर जाने क्रममा रन-वे छाडेर करिब ४० मिटर तल गएर भाँसिएको थियो। जहाज भासिएपछि सबै यात्रुलार्इ दायाँ साइडको पछाडिको आपतकालीन स्लाइडबाट बाहिर निकालिएको थियो। विमानमा चालकदल सहित १३९ यात्रु थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell