
काठमाडौं : सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आइसीसी टी-२० वर्ल्डकप क्वालिफायरको लागि तालिका सार्वजनिक भएको छ।
आइसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपालले वर्ल्डकपसँग पुग्न ३ चरण पार गर्नुपर्नेछ। विश्वका ६ महादेशका कूल ६२ राष्ट्रले विभिन्न चरणमा प्रतिस्पर्धा गर्नेछन्।
नेपालले एसियन क्वालिफायर अन्तर्गत पहिलो चरणमा समूह बी मा भुटान, चीन, थाइल्याण्ड, मलेसिया, सिंगापुर र म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ। यस समूहको शीर्ष ३ स्थानमा रहने टिम एसियन फाइनल राउण्डका लागि छनोट हुनेछ। समूह्य बी का खेलहरु अक्टोबर ३ देखि १२ सम्म मलेसियामा हुनेछ।
समूह ए बाट पनि ३ टिम त्यसका लागि छानिनेछन् र फाइनल राउण्डमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। समूह ए मा युएई, बहराइन, कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन्।
उक्त फाइनल राउण्डमा ६ टिमबीच प्रतिस्पर्धा भएपछि शीर्ष दुई स्थानमा हरने टोली टी-२० वर्ल्डकप क्वालिफायरको अन्तिम चरणमा छनोट हुनेछ।
जहाँ अन्य क्षेत्रबाट आएका उत्कृष्ट टोलीसँगै ८ टिम र सन् २०१६ को वर्ल्डकप खेलेका मध्ये शीर्ष दश बाहिरका ६ गरी कूल १४ टिमबीच प्रतिस्पर्धा हुनेछ।
त्यसबाट शीर्ष ६ टिम अष्ट्रेलियामा हुने टी-२० वर्ल्डकपकमा छनोट हुनेछ।