PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

तल्लो तहका प्रहरीको बढुवा सुरु: एकैचोटि ४७३ को पदोन्नति हुँदै



पहिलोपोस्ट

तल्लो तहका प्रहरीको बढुवा सुरु: एकैचोटि ४७३ को पदोन्नति हुँदै

काठमाडौं: नेपाल प्रहरी संगठनले नयाँ प्रहरी प्रमुख पाएसँगै लामो समयदेखि रोकिएको तल्लो दर्जाका प्रहरीको बढुवा सुरु भएको छ। 

शुक्रवारमात्र प्रहरी प्रधान कार्यालय ४ सय जना हवल्दारको बढुवाको लागि सिफारिस गरेको छ। त्यस्तै प्रहरी निरीक्षकमा ७३ जनालाई बढुवाको लागि सिफारिस गरेको छ। २०६० सालमा सईमा बढुवा भएकाहरुको निरीक्षकमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

लामो समयदेखि प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पनि बढुवा हुन सकेको छैन। केही समयमा नै डिएसपी बढुवाको काम सुरु हुने प्रहरी प्रधान स्रोतले जनायो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell