PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

छैठौं जुनियर ब्याटल सम्पन्न



पहिलोपोस्ट

छैठौं जुनियर ब्याटल सम्पन्न

काठमाडौं: 'जुनियर ब्याटर २०१८' सम्पन्न भएको छ। शुक्रबार काठमाडौंमा प्रतियोगिताको फिनाले आयोजना भएको थियो। जसमा दुई उमेर समुहमा विभाजित

६४ बालबालिकाको सहभागिता रहेको थियो।

प्रतियोगितालाई मिडिया ल्यान्डले आयोजना गरेको हो। ३६ प्रतियोगिले जुनियर ब्याचमा र २८ सिनियर ब्याचमा रहेर प्रतिस्पर्धा गरेका थिए। जहाँ वुसालोली सुब्बा जुनियरतर्फकी विजेता भइन् भने आयुषा थापा सिनियरतर्फकी।

त्यस्तै जुनियरमा जेन्निया तामा फस्ट रनर्सअप, कुसुम राना सेकेन्ड रनर्सअप भए। सिनियरमा अवेश उरव फस्ट रनर्सअप, हिमेश शाक्य सेकेन्ड रनर्सअप घोषित भए। कार्यक्रमलाई निशा पाठकले कोरियोग्राफ गरेकी थिइन्।

जुनियर ब्याटललको छैठौं संस्करणमा जेनी श्रेष्ठ, बबिता मानन्धर, सुहासिनी सिंह,  अनिल शाही, गैरे सुरेश लगायत निर्णायक रहेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell