PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

यात्रुबाहक जिप पल्टिँदा ३ जनाको मृत्यु, १६ घाइते



पहिलोपोस्ट

डोटी : डोटीको शिखर नगरपालिका–३ आली गाउँमा आज दिउँसो यात्रु बोकेको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा परी अन्य १६ जना घाइते भएका छन्।

दिपायलबाट जोरागाउँतर्फ जाँदै गरेको शैलेश्वरी यातायातको ग१ज ५२७५ नंको जिप गाउँ नजिकै खोलामा दुर्घटनामा परेको हो। 

दुर्घटनामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरगाउँकै ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय बालक सुरज भुल रहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । 

प्रहरी र स्थानीयवासी मिलेर घाइतेहरुको उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक दिलबहादुर कुँवरले जानकारी दिए -रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell